ईलाका प्रहरी कार्यालय अगाडी फेरी प्रदर्शन



कोहलपुर । 

बाँकेको कोहलपुरमा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा फेरी प्रदर्शन कारीले प्रदर्शन गरेका छन् । चौहाराबाट आएको प्रदर्शनकारी समूहले इलाकामा नारा बाजी गरिरहेको हो ।

सोमबार बिहानै देखि उक्त समुहले कोहलपुरका विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेको छ । अहिले प्रहरी र आन्दोलनकारी बीच झडप भईरहेको छ । आईतबार भएको प्रदर्शनमा ३० जना बढी घाईते भएका थिए ।

कार्यालय अगाडी प्रदर्शनकारीहरुले ढुंगामुढा समेत गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार