कोहलपुर।
बाँकेको कोहलपुरमा आईतबार भएको सडक दुर्घटनाले फरक मोड लिदै सोमबार पनि कोहलपुर अस्तव्यस्त छ । विहानै देखि कोहलपुरमा बन्द्र आह्वानका लागि प्रदर्शन भई रहेको छ ।
यसै घटनालाई लिएर जिस्ला स्तरीय सर्व दलीय बैठक बस्ने तयारी थालिएको छ ।
घटनाको विषयलाई लिएर सर्वपक्षीय बैठक बस्न लागेको जनाइएको छ । बैठक केही बेर क्षेत्रीय कृषि तालिम केन्द्र पिपिरीमा कडा सुरक्षाका बीच बैठक बस्न लागेको स्रोतले बतायो । बैठकमा जिल्लाका राजनितिक दल, सुुरक्षा निकायका प्रमुख तथा नागरिक समाज र सरोकारवालाको सहभागिता रहने बुझिएको छ ।
आईतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा कोहलपुरमा कफ्र्यु लगाउने निर्णय गरेको थियो । कफ्यु अहिले पनि जारी छ ।
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार








प्रतिक्रिया दिनुहोस्