घाइतेलाई उपचारको लागि काठमाण्डौं थप दुई जना लग्ने तयारी



कोहलपुर ।

आइतबार बिहान हाइस्कुलमा दुर्घटना परी गम्भीर घाईते भएकी कोहलपुर नगरपालिका वडा नं. १० कि बालिका प्रकृती चन्दलाई थप उपचारकालागि काठमाण्डौं पठाइसकेको नेपालगञ्ज मेडिकल कलेजले जानकारी दिएको छ ।

ट्रकले बालिकालाई किचेपछि विद्यार्थीहरु आन्दोलित भएका थिए । आन्दोलनमा प्रहरी र विद्यार्थीविच भएको ढुङ्गा मुढाबाट थप २४ जना विद्यार्थी घाइते भएका हुन् । २४ जना घाइते मध्ये ३ ।जनाको अवस्था भने गम्भिर भएको नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले जनाएको
छ ।

थप उपचारको लागि थप २ जनालाई पनि काठमाण्डौ लग्ने तयारी भैरहेको डा. देवेन्द्र आचार्यले मिसन टुडेलाई जानकारी दिएका हुन् । यसैबिच कोहलपुरमा आज दिनको ३ बजेबाट कर्फ्युको घोषणा गरीएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार