कोहलपुर ।
कोहलपुरदेखि नेपालगञ्ज आउँदै गरेको ट्रकले बालिका कुल्चिदा घाइते भएकी थिइन् ।
अहिले त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलन गरिरहेका छन् । प्रहरीलाई आन्दोलन नियन्त्रण ल्याउनका लागि एक सय भन्दा बढि रवट गोली समेत प्रहार गरिसकेको छ ।
विद्यार्थी र प्रहरीबिच ढुङ्गा मुढा, प्रहार समेत भएको थियो । ट्रकमा तेल रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
ट्रकमा लगेको आगलागीलाई भने अहिले सम्मपनि नियन्त्रण लिन नसकेको कोहलपुर प्रहरी प्रमुख हेम बहादुर शाहीले जानकारी दिए ।
अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको नेपालगञ्ज मेडिकल कलेजका डाक्टर देवन्द्र आचार्यले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार








प्रतिक्रिया दिनुहोस्