डोटीमा प्रधानाध्यापकविरुद्ध मुद्दा



अत्तरिया, २० मङ्सिर :

कैलालीको गोदावरी नगरपालिकाको नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ । वडा नं २ तेघरीमा खरीद गरिएको जग्गामा नगर प्रमुख हरिसिंह साउदले आज भवन निर्माणको शिलान्यास गरेका थिए ।

नगर प्रमुख साउदले भवन पूर्णतया अपाङ्गतामैत्री हुने र सबै नगरवासीलाई पायकपर्ने स्थानमा निर्माण हुन लागेकाले सेवासुविधामा सहजता आउने अपेक्षा गरिएको बताए । नगरपालिकाको भवन निर्माणका लागि तेघरीमा झण्डै १५ कठ्ठा जमीन खरीद गरिएको छ । नयाँ भवन सुविधासम्पन्नसहित साढे तीन तलाको बन्ने उनले बताए ।

एशियाली विकास बैंकको सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजनाले अनुदानबापत सो भवन निर्माण गर्न लागेको हो । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले रु २० करोडको लागतमा शर्मा कन्ट्रक्सनसँग २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको जनाइएको छ । (रासस)
–––

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २० गते शुक्रबार