सरकारी शिक्षकलाई सांसदको प्रश्न , ‘आफैले पढाएको शिक्षा किन विश्वास छैन ?’



डिल्ली शाही, कोहलपुर ।

बाँके क्षेत्र नम्बर १ का संघिय सांसद महेश्वर गहतराज ‘अथक’ले आफैले पढाएको शिक्षा विश्वास नभएको बताएका छन् । बाँकेको कोहलपुरमा रहेको जन ज्ञानज्योति माध्यामिक विद्यालयको २५ औं रजत जयन्तीलाई सम्बोधन गर्ने उनी यस्तो कुरा बताएका हुन् । ‘सरकारी विद्यालयमा जागिर खानुहुन्छ तर आफ्ना छोराछोरीहरु बोडिङ्ग विद्यालयमा पढाउनुहुन्छ’ सांसद अथकले, ‘यसले सरकारको शिक्षाको लगानी बालुवामा पानी हाले सरी भएको छ ।

निति, नियम, कार्यविधि बन्यो तर कार्यन्वयन नगर्दा यस्तो समस्या आएको हो ।’ ‘नेपाल सरकारले वर्षैदेखि शिक्षामा अरबौं लगानी गरिरहेको छ तर प्रतिफल शुन्य अवस्थामा गइरहेको छ’ उनले भने, ‘विद्यालयको भौतिकका कारण शिक्षामा कमजोरी आएको होइन् ।’ ‘निजी विद्यालय भन्दा सरकारी विद्यालयका शिक्षक लाइसेन्स प्राप्त हुन्छन् तर प्रतिफल किन शुन्य’ उनले प्रश्न गरे ?

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले सामुदायिक विद्यालयमा निकै कमजोरी रहेको बताएका थिए । ‘हरेक स्थानमा कुनै न कुनै कमजोरी देखिएको छ’ उनले भने ‘यसलाई नियन्त्रण गर्नका लागि नयाँ योजनाका साथ कार्यविधि, निति, नियम बनाई नगरपालिकामा पेश गरेको छु ।’ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश नं. ५ का सदस्य नरेन्द्र न्यौपानेले कोहलपुरको शिक्षा प्रणाली भाषणमा मात्र सिमित भएको बताए ।

‘स्टेजमा आएर कोहलपुरलाई शैक्षिक हव बनाउँछौं भन्ने भाषणले मात्रैले हँुदैन’ उनले भने, ‘शिक्षा परिवर्तन ल्याउनका लागि प्राधानाध्यापक, शिक्षक, अभिभावक र सरोकारवाला विचको एकिबद्धता हुन जरुरी छ ।’ ‘निजी विद्यालयहरु च्याउँ जस्तै गरेर खुलिरहेका छन्’ उनले थपे, ‘निजी विद्यालय खोलेको दुई वर्ष भित्रै ३÷४ कक्षा सम्मको स्वीकृति दिनेमा रोक लगाउनुपर्छ ।’

विद्यालय व्यवस्थान समितिका अध्यक्ष खिमलाल शर्माले आफ्नो विद्यालयका शिक्षक कसैले पनि बोडिङ्गमा आफ्ना छोराछोरी भर्ना नगरेको दाबी गरे । ‘विद्यालय स्थापना हुने समयमा शिक्षकहरुलाई तलबको रुपमा चामल, दाल उठाएर दिने गरेका थियौं’ उनले भने, ‘सरकारको लगानी ढुब्न दिएका छैनौ ।’ विद्यालयका प्राधानाध्यापक एकदेव पन्थीले शिक्षक, विद्यार्थी, अभिभावकको विचको सम्बन्ध नङ्ग र मासु जस्तै रहेको बताए । कार्यक्रममा अभिभावक, चन्दादाता, शिक्षक, उत्कृष्ट विद्यार्थी, जग्गादाता, तथा संस्थापकहरुलाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार