बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकाले बार्षिक सार्वजनिक सुनुवाई गरेको छ । बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष २०७५÷०७६ को प्रगति र बजेटका बारेमा जानकारी दिईएको थियो । नगरपालिकाले ८३ करोड ५८ लाख ३२ हजार ९८ रुपैया बार्षिक बजेट मध्य बिषयगत शाखा तथा नगरपालिकाको मुख्य गतिविधिहरुमा खर्च गरिएको आर्थिक तथा प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले प्रस्तुत गरेका थिए ।
बुढाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार नगरपालिकाले ७२ लाख १५ हजार ३ सय बजेटमा ५५ लाख ५ हजार बजेट खर्च गरि ७६ प्रतिशत प्रगति भएको उल्लेख गरेको छ । पशु तर्फ ५२ लाख २७ हजार कुल बजेट मध्य ३७ लाख ४० हजार १ सय ७९ रुपैयाँ खर्च गरी भएको जनाईएको छ । पशु तर्फ ७१ दशमलब ५५ प्रतिशत प्रगति भएको छ । ,
शिक्षा,युवा तथा खेलकुलतर्फ २० करोड ८१ लख २९ हजार कुल बजेट मध्ये २० करोड २० लाख १० हजार ३ सय ३९ रुपैयाँ खर्च गरिएकोमा ९७ प्रतिशत वित्तीय प्रगति भएको बुढाले जानकारी दिए । यसैगरी स्वास्थ्य सेवातर्फ ३ करोड ६० लाख ५ हजार कुल बजेट मध्ये ३ करोड ९ लाख ६४ हजार ३ सय बजेट खर्च गरी ८६ प्रतिशत र महिला तथा बालबालिकातर्फ पनि कुल बजेटको ७३ दशमलब ८४ प्रतिशत वित्तीय प्रगति भएको उल्लेख गरिएको छ ।
त्यस्तै भौतिक पूर्वाधार तर्फ राष्ट्रिय चुरे तराई मधेश संरक्षण कार्यक्रम, तराई मधेश समृद्धि कार्यक्रम, स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम गरिएको छ भने आर्थिक विकास तर्फ १७ वटा तालिम सञ्चालन गरी ५ सय ५१ ज्ना लाभान्वित भएको र ९५ प्रतिशत प्रगति भएको प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ ।
बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा वडा स्तरीय योजनाहरु, बजेट तथा खर्च, नगरका गौरवका योजनाहरुका बारेमा जानकारी सँगै कार्यान्वय देखिएका समस्या र चुनौतीका बारेमा पनि जानकारी गराईएको थियो । कार्यक्रममा नगर प्रमुख दुर्गाबहादुर थारुले ६ वटा प्रतिबद्धता जनाएका छन् ।
नगर प्रमुख थारुले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्ने, नागरिक वडापत्रको व्यवस्था गरिने, प्रत्येक वडा कार्यालयमा थारु र नेपाली भाषामा नागरिक वडापत्र बनाउने, बारबर्दिया नगरपालिकालाई थारु स्वायत्त क्षेत्र बनाउने, मापदण्ड अनुसारको बाटो बनाउने, प्रत्येक वडा कार्यालयमा सूचना पार्टी र सुझाव पेटीका राख्ने लगायतका प्रतिबद्धता जनाएका हुन् ।








प्रतिक्रिया दिनुहोस्