17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

जनप्रनिधि र स्वयम्सेवीका बिच अन्तक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्य स्वयम्सेविकाहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल सहभागिता हाम्रो प्रतिबद्धता स्थानीय सरकारसँग हामी’ भन्ने मुल नाराका साथ बिहीबार परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ७ देखि १३ वडाका स्वयम्सेविकाहरुसँग स्वास्थ्य सेवा गुणस्तरीय रुपमा विस्तार गर्ने उद्देश्यले परिचयात्मक तथा अन्तक्रिया कार्यक्रम गरेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रकाशजंग हमालले बताए ।

‘सबै वडाहरुमा आधारभुत स्वास्थ्य विस्तार गरेका छौं’ उनले भने, ‘प्रत्येक गाउँ घरमा गुणस्तरीय रुपमा सेवा विस्तार गर्नेछौं ।’ कोहलपुरका नगरपालिका वडा नं. ७ देखि १३ वडामा रहेका बृद्धबृद्धाहरुलाई घरमै गएर औषधि उपचार गर्ने उनको भनाई थियो । हमालका अनुसार कोहलपुर नगरपालिकामा वडा नं. ७ देखि १३ वडासम्म ४५ हजार दुई सय २ जनाको जनसंख्या रहको छ भने ३४ जना स्वयमसेवीकाहरु रहेका छन् ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जनप्रनितिधि र स्वयम्सेवीकाहरु विचकोे समधुर सम्बन्धले हुनपर्ने बताए । ‘कोहलपुर स्वास्थ्य शााखबाट दिइने ३५ वटा सेवाहरु हुन्छन्’ उनले भने, ‘सबै सेवाहरु घरघरसम्म पु¥याउनका लागि स्वयमसेवीकाहरुको आवश्यकता पर्दछ ।’

स्वयम्सेवीकाहरुले आफ्नो काम, कतव्र्य र जिम्मेवारी पूर्ण रुपमा पालना गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारती, सामाजिक विकास समितिकी संयोजक नारायणी वली र विषयगत शाखाका प्रमुखहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६     7:15:40 AM  |