राष्ट्रिय युवा संघ बाँके संयोजकमा कुस्माखर बस्याल



कोहलपुर । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ । ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन गरेको युवा संघले शनिबार काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।

यसअघि १६ कात्तिकमा जिल्लाहरु साविक वाईसीएल वा साविक युवा संघ कसको भागमा रहने भनेर टुंगो लगाइए पनि संयोजक र सहसंयोजक तोकिएको थिएन । राष्ट्रिय युवा संघ बाँके संयोजकको जिम्मेवारी कुस्माखर बस्यालले भएका छन् भने सहसंयोजकको जिम्मेवारी आकाश कार्कीले पाएका छन् ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्ला संयोजक पाएका छन् ।

त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला इञ्चार्ज पाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २८ गते बिहीबार