बाघको आतंक : फेरी अर्को महिलाको ज्यान खायो



कोहलपुर ।

बाँके जिल्लामा हप्तादिन नवित्दै बाघको अर्की एक महिलाको ज्यान लिएको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका ८ बालपुरकी ६० वर्षिया ठगी खड्काको बाघको आक्रमणमा परी ज्यान गएको प्रहरी चौकी ढकेरीका ईन्चार्ज मोहन के।सीले जानकारी दिए ।

स्थानीय शिव शक्ति मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेलामा मंगलबार विहान करिब १० बजे बाघले आक्रमण गरेको थियो ।

उनलाई घटनास्थलबाट ५ सय मिटर पर सम्म लतारेर लगेको प्रहरीले जनाएको छ । आईतबार मात्र कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेतको पाटेबाघको आक्रमणमा परेर ज्यान गएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २६ गते मंगलबार