कोहलपुरलाई सडक मानवमुक्त घोषणा गरिदै



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकालाई आज सडक सहयोगापेक्षी मानवमुक्त नगरपालिका घोषणा गरिदैछ । एक भव्य समारोहका बीच सडक सहयोगापेक्षी मानवमुक्त नगरपालिका घोषणा गरिन लागेको हो ।

निलसागर आश्रम नेपालगञ्जको समन्वय तथा सहजीकरणमा नेपालकै पहिलो नगरपालिकाका रुपमा कोहलपुरलाई ऐतिहासिक घोषणा कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिका क्षेत्रभित्रका सडकहरुमा असहाय, बेवारिसे, अनाथ, अशक्त तथा मनोसामाजिक अवस्थाका मानिसहरुलाई सहयोग प¥ुयाउने कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका घोषणा गर्न लागेको नगर प्रमुख लूट बहादुर रावतले जानकारी दिए ।

उनका अनुसार सडकमा बेवारिसे रहेका मानिसलाई सहयोग गर्ने मानसिकताको विकास होस भन्ने उद्देश्य नगरपालिकाको रहेको छ । बिहान ठिक ८ बजे कोहलपुर चौराहाबाट घोषणा सभाको ¥याली साझा चोक हुँदै नगरपालिकामा पुगेर घोषणा सभामा परिणत हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २५ गते सोमबार