मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु



कोहलपुर ।

मोटरसाईकल दुर्घटनामा परि दुई जनाएके मृत्यु भएको छ । आईतबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकामा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा राप्तीसोनारी ७ फत्तेपुरका २४ बर्षीय सुमन कुमार थारु र सोही स्थानकै १५ बर्षीय सन्जित थारु रहेका छन् । प्रहरी अनुसार उनीहरुको उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउदा ल्याउदै मृत्यु भएका हो ।

प्रहरी निरीक्षक मान बहादुर बिसीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरमा २८०१ मात्रै देखिएको नम्बर प्लेटको ट्रयाक्टरले म २ प ७०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २३ गते शनिबार