कोहलपुर।
भारतले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले आज अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हो । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेको बारेमा औपचारिक रुपमा जानकारी नआएको बताए । भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बताए । भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् ।
बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । भारतबाट नेपालतर्फ आउन भने दिइएको छ । बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।








प्रतिक्रिया दिनुहोस्