नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले केहीबेर अघि २० ग्राम लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका ०९ का २६ वर्षिय राजु खटिक रहेका छन् ।
उनलाई बिशेष टोलीले जिल्ला हुलाक कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति : २०७६ कात्तिक २१ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्