कोहलपुर ।
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बाँके) आउँदै छन् । नेकपा बाँकेले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्न उनी बाँके आउन लागेका हुन् । आज बिहान १० बजेतिर जहाजमार्फत अध्यक्ष प्रचण्ड लगायतका नेकपाका अन्य केन्द्रिय नेताहरु आउन लागेको नेकपा बाँकेले जनाएकोछ ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले नेकपा बाँकेले आयोजना गर्ने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् । नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आइपी’ले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको छ । ‘चियापान कार्यक्रमको तयारी लगभग सम्पूर्ण तयारी हामीले पुरा गरिसकेका छौं’ उनले भने, ‘सकेसम्म कार्यक्रमलाई सभ्य र सभ्य बनाउने प्रयासमा लागिपरेका छौं ।’
दिउँसो १ बजेबाट चियापान कार्यक्रम नेपालगञ्जस्थित नेकपा बाँकेको कार्यालयमा सुरु हुनेछ । चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका नेता कार्यकर्ता, अन्य दलका नेता, सरकारी कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, आम सर्वसाधारण लगायतलाई नियन्त्रणा गरिएको बताइएको छ । आज नै अध्यक्ष प्रचण्डले कोहलपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ६ मा आगामी मंसिर ६ गते वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुन गइरहेको छ । सोही क्रममा वडा नम्बर ६ को रझेनामा चुनावी सभाको आयोजना गरिएको नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिइन् ।
नेकपाले वडा अध्यक्षको लागि रामशरण थारुलाई चुनावी मैदानमा उतारेको छ । रझेना गाउँमा दिउँसो ३ बजे चुनावी सभा हुने नेकपा प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार चुनावी सभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । नेपालगञ्ज र कोहलपुरका दुवै कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै महासचिव बिष्णु पौडेल लगायतका केन्द्रिय नेताहरुको उपस्थिती रहने प्रदेश सांसद समेत रहेकी नेकपा बाँके क्षेत्र नम्बर १ की सह–इन्चार्ज कृष्णा केसी (नमुना) ले जानकारी दिइन् । उनका अनुसार कोहलपुरको चुनावी सभा पश्चात अध्यक्ष प्रचण्डसहित नेताहरु बास बस्न दाङ जाने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया दिनुहोस्