19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

पेस्तोलसहित तरुण दलका नगर सभापती शाह पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १४, २०७६  

कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरले अत्याधुनिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका १३ का ३२ वर्षिय सन्दीपजंग शाहलाई पक्राउ गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका २० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट कारमा लुकाइछिपाई राखेको अवस्थामा एक थान अमेरिकन अटोमेटिक पेस्तोलसहित उनीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका शाह नेपाल तरुण दल नेपालगञ्ज उपमहानगरपालिका नगर सभापती समेत हुन् । रिसोर्टको पुर्व तर्फको कार पार्किङमा पार्किङ गरिरहेको कार बा १८ च ४२११ नम्बरको मारुति सुजुकीको कारको बाँयाँ तर्फको सिटमा फल्ट बटम बनाइ लुकाइ छिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र २ राउण्ड गोली लोड गरि राखेको म्यागिनसहित उनीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका लागि शाह सँगै रहेको अन्य ५ जना युवाहरुलाई समेत नियन्त्रणमा लिइएको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक १४, २०७६     10:34:26 PM  |