कोहलपुर।
जुवा खालमा छापा मारेर बाँकेको कोहलपुरबाट प्रहरीले ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १ बजेतिर कोहलपुर नगरपालिका ११ न्यूरोडबाट कोहलपुर डेन्टल हस्पिटलको तेस्रो तलाबाट ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले आफ्नै कमाण्डमा खटिएको बिशेष प्रहरी टोलीले जुवाडेहरुलाई नियन्त्रण लिन सफल भएको बताए । ‘हामीले जुवा विरुद्ध अपरेशन चलाइरहेका छौ’ उनले भने, ‘राती होस या दिउँसो कुनै पनि समयमा जुवाडेहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने छौ ।’ निहरुमाथि जुवातास ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक शाहिले बताए ।
प्रहरी नियन्त्रणमा रहेका जुवाडेहरुको नाम र ठेगाना
१. जिल्ला बाँके नेपालगंज उप(महानगरपालिका वडा नं। ६ बस्ने बर्ष २५ को मेघनाथ कुच्छबन्ध्या
२. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं। ११ बस्ने बर्ष २४ को बिवेक शाही
३. जिल्ला अछाम तुर्माखाँद गाउपालिका वडा नं। ५ बस्ने बर्ष ३१ को निरक बहादुर शाही
४. जिल्ला अछाम तुर्माखाँद गाउपालिका वडा नं। ५ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं। ११ बस्ने बर्ष २५ को गजेन्द्र बहादुर शाही
५. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं। ०३ बस्ने बर्ष ३१ को अर्जुन शाही
६. जिल्ला बाँके नेपालगंज उपमहानगर पालिका वडा नं। १ धम्बोझी बस्ने बर्ष २६ को गणेश शर्मा
७. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं। ११ बस्ने बर्ष ३२ को उमेश शाही
८. जिल्ला बाँके कोहलपुर नमगरपालिका वडा नं। १० बस्ने बर्ष २२ को रामचन्द्र पुरी
९. जिल्ला अछाम तुर्माखाँद गाउपालिका वडा नं। ४ वतन भई हाल जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं। ६ बस्ने बर्ष ३१ को महेन्द्र बुढा ।
प्रतिक्रिया दिनुहोस्