कोहलपुर ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका विपि चोकस्थित मयंक पेट्रोल पम्प नजिकैको फर्निचरमा आगलागी भएको छ । सुर्खेतरोड गुरुद्वारा अगाडी रहेका फर्निचर पसल तथा सँगै रहेका गोदाममा आगलागी भएको हो । बिहीबार बेलुका लागेको आगलागि अझै नियन्त्रणमा आइसकेको छैन ।
स्थानीय, प्रहरी तथा दमकलको सहायताले आगलागि नियन्त्रण जारी भएको छ ।
आगो नियन्त्रण भन्दा बाहिर रहेकाले अझै नियन्त्रणमा आइनसकेको बुझिएकोछ । विपी चोक स्थित स्थानीयका अनुसार बिहीबार बेलुका पौने ६ बजे आगलागी भएको बुझिएकोछ । आगलागी भएको स्थानमा एक दर्जन फर्निचर पसल र तयारी अवस्थामा राखिएका तथा प्रयोगमा नआएका काठ, फर्निचर जलेका छन् ।
सो स्थानमा केही महिना पहिले पनि आगलागि भएको थियो ।
प्रकाशित मिति : २०७६ कात्तिक ७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्