16 July 2024  |   मङ्लबार, साउन १, २०८१

‘१७ हजार हेक्टर धान बालीमा क्षती’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ६, २०७६  

डिल्ली शाही,  कोहलपुर ।

बाँकेमा १७ हजार हेक्टर धान खेतीमा फौजी किराले क्षेती पु¥याएको छ । बाँकेका केही स्थानीय तहमा देखिएको फौजी किराको संक्रमणले ठूलो मात्रामा धान बालीमा क्षती भएको
हो । डुडुवा, राप्तीसोनारी, नरैनापुर खजुरा गाउँपालिकामा धान बालीमा फौजी किराको संक्रमण देखिएको छ । धान पाकेर घरमा ओर्सार्ने बेलामा देखिएको समस्याका कारण बाँकेका किसान नराम्रो गरी प्रभावित समेत भएका छन् ।

संक्रमण देखिएको करिब हप्ता दिन पछि जिल्लाको सहकारी टोली प्रभावित क्षेत्रमा गएर अनुगमन गरेको छ । कृषि ज्ञान केन्द्र बाँके, विज्ञ र यहाँका सांसद सहितको एक प्रतिनिधि मण्डलले सोमबार प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा १७ हजार हेक्टर धान बालीमा क्षती पुगेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । उनका अनुसार बाँकेमा पहिलो पटक निकै ठूलो मात्रामा किसानको धान बालीमा क्षती पु¥याएको हो । धानमा एक्कासी फौजी किराले संक्रमण गरेपछि स्थलगत अनुगमन गरिएको प्रमुख ढकालको भनाई छ । कृषि ज्ञान केन्द्र बाँकेले दुई वर्ष अघि अध्यावधिक गरिएको तथ्यांक अनुरुप जिल्लामा कुल ५७ हजार २सय ५२ हेक्टर खेतियोग्य जमिन छ ।

त्यस मध्ये ५२ हजार ८ सय ३८ हेक्टरमा खेती भइरहेको छ । यो वर्ष मात्रै फौजी किराको संक्रमणले १७ हजार हेक्टर जमिनमा क्षती भएको हो । ढकालले फौजी किराको संक्रमणका कारण विगतका वर्ष भन्दा बाँकेमा धान उत्पादन घट्ने भएको छ । स्थलगत अनुगमनमा खटिएका विज्ञका अनुसार फौजी किराले फलेको धान बाली बाट्ने समस्या रहेको बताएका छन् ।

अनुसन्धान केन्द्र खजुराका बाली विज्ञ बशिष्ट आचार्यका अनुसार फौजी किरा धान बालीमा मात्रै नभई अन्य बालीहरुमा समेत लाग्ने गर्दछ ।यसको नियन्त्रणको लागि छिटो धान काट्नु पर्छ ’ उनले भने, ‘धान काटिसकेपछि छिटो भन्दा छिटो खेत जोत्नु पर्दछ ।’ त्यो गर्दा किरा काटिने र टुक्रिने हुन्छ थप बृद्धि हुन नपाउने विज्ञ आचार्यले बताए । किसानलाई छिटो भन्दा छिटो सुरक्षित रुपमा धान भित्याउन विज्ञहरुको सुझाव छ ।यस्तै फौजी किराको नियन्त्रणको लागि प्रभावित क्षेत्रका कृषकहरुलाई जनचेतना फैलाउने क्रियाकलाप सञ्चालन समेत गरिने भएको छ । ठूलो मात्रामा धान बालीमा फौजी किराको संक्रमण भएपछि किसानहरुले सरोकारवाला निकायलाई क्षतीपुर्तिको माग गरेका छन् ।

यस्तै फौजी किराको संक्रमण रोक्नको लागि पहल गरि दिन समेत उनीहरुले अनुगमन टोलीलाई आग्रह गरेका थिए ।अनुगमन टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी कुमार खड्काले प्रभावित क्षेत्रको तथ्यांक संकलन गरिने बताएका छन् । उनले तथ्यांक संकलन गरी क्षतीको आधारमा राहात प्रदान गरिने समेत बताए । फौजी किराले क्षती पु¥याएको क्षेत्रमा अनुगमन गरिरहेका संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले क्षतिपूर्तिको लागि संघीय सरकार सँग पहल गरिने बताएका छन् ।‘

मैले कृषि मन्त्री सँग समेत छलफल गरिसकेको छु’ सांसद गहतराजले भने,‘ केन्द्र देखी जिल्लाका सरोकारवालाबाट क्षतिपूर्ति दिलाउनको लागि हामी सक्रिय रुपमा लागिरहेका छौ ।’बाँकेमा विगतमा वर्षहरुमा समेत यस्तो संक्रमण देखिने भएपनि यो वर्ष धेरै मात्रामा देखिएको बताईएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक ६, २०७६     10:53:54 AM  |