23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

ब्राउन सुगर कारोबारी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६  

कोहलपुर ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले ब्राउन सुगर कारोबारी चार जनालाई सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोहलपुर प्रहरीले चारलाई सार्वजनिक गरेको हो । गत असोज २३ गते कोहलपुर नगरपालिका ११ स्थित सुर्खेती गेष्ट हाउस बाट पक्राउ गर्ने क्रममा वीरेन्द्रनगर नगरपालिका ९ का कृष्ण बुढा फरार भएका थिए । प्रहरीका अनुसार फेरी कोहलपुर मै लाई लागु औषध कारोबार गरिहेको भन्ने सूचनाका आधारमा उनी सहित अन्य तीन जनालाई पक्राउ गरिएको हो ।

प्रहरी ईन्स्पेक्टर सन्तोष रोकाले बुढा सँगै वीरेन्दनगर ९ कै २१ वर्ष रबिन चौधरी समेत पक्राउ गरिएको बताए ।मुख्य लागु औषध कारोबारीको रुपमा रहेका कृष्ण बुढाको शरिर खान तलासी गर्दा १६ ग्राम ५ सय २० मिलिग्राम ब्राउन सुगर, १ लाख तीन सय पैसठ्ठी र उनी सँगै पक्राउ परेका चौधरीबाट ३ हजार ५ सय बरामद गरिएको उनले जानकारी दिए । यस्तै बुढाको सम्पर्कमा लागु औषध कारोबार गर्दै आएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १३, का २१ वर्षीय संजय लोहियालाई राँझाबाट १७ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर र नगद् २० हजार ५ सय ७५ रुपैँया नियन्त्रणमा लिईएको उनको भनाई छ ।

मुख्य कारोबारी बुढा कै सम्पर्कमा रहेर लागु औषधको कारोबार गर्ने भारतको बहराईज जिल्ला थाना नानपाराका २३ वर्षीय कसिम शेषलाई १० ग्राम ब्राउन सुगर डिजिटल काँटा र नगद् १४ हजार ७ सय रुपैँया सहित कोहलपुर नगरपालिका ११ स्थित कोहलपुर बाट प्रक्राउ गरिएको थियो । चारै जनालाई म्याद थप गरी अनुसन्धान भईरहेको उनले ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६     10:20:58 AM  |