शुभाकर विश्वकर्मा,कोहलपुर
संघीय सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले विकासमा पछिला घर पछि छिमेकको नीति अपनाईएको बताएका छन् ।
कोहलपुर नगर विकास समितिद्धारा निर्मित्त छोटो दुरीको बसपार्क उद्घाटन गर्दै मन्त्री राईले पहिला आफ्नो घरको विकास पछि मात्रै छिमेको विषयमा चासो हुने बताएका हुन् ।
समाजबादी पार्टीबाट उनी बाँके क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । उनको गृह नगर नेपालगञ्ज हो ।
उक्त कार्यक्रममा उनले नेपालगञ्ज विकसित सहर भईसकेको भन्दै अब कोहलपुरको पालो रहेको बताए ।
‘नेपालगञ्जमा सोचे जतिको विकास भईसक्यो’ मन्त्री राईले भने, ‘अब कोहलपुरकार विकासका लागि सक्रिय हुन्छु ।’यस्तै उनले विकासमा अवरोध सिर्जना गर्ने र बाधा पु¥याउन नहुनेमा जोड दिए ।
विकासमा हातेमालो गर्ने आवश्यक रहेको उनको भनाई छ । संघीय सरकारको चालु आर्थिक वर्षको बजेटमा नेपालगञ्ज र कोहलपुर प्राथमिकतामा रहेको पनि उनले जिकिर गरे ।
पहिला आफ्नो घरको विकास गर्नुलाई अन्यथा नसोच्न समेत सबैलाई उनको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्