नगर प्रमुख मार्फत मन्त्रीलाई ज्ञापन पत्र



बाँसगढी :
बर्दियाको बाँसगढी नगर वन महासंघद्धारा नगरपालिका मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी मार्फत मन्त्री पण्डितलाई ज्ञापन पत्र बुझाईएको हो ।

देशभरका सामुदायिक वनरुलाई लगाईएको तेहेरो कर बिरोधमा मन्त्रीलाई ज्ञापन बुझाईएको नगर बन महासघका सचिव लक्ष्मी शाहीले बताईन् ।

उनका अनुसार सामुदायिक वनले तेहेरो कर हटाउन माग राख्दै नगर महासंघले व्यापारिक प्रायोजनका लागि समूह बाहिर बिक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कका रूपमा ‘सघीय विभाज्य कोषमा’ जम्मा हुने व्यवस्था गर्न माग गरेको छ ।

उक्त रकम तीनै तहका सरकार बीच बाँडफाँटको व्यवस्था गर्नुपर्नेमा महासंघको माग रहेको उनको भनाई छ ।

हाल सम्म सामुदायिक वनले आफ्नो सम्पुर्ण आम्दानीको २५ प्रतिशत वन बिकास, ३५ प्रतिशत गरिब बिपन्न वर्गको जिविकोपार्जन र ४० प्रतिशत सामाजिक बिकासमा खर्च गर्दै आएको छ ।

ज्ञापन पत्र बुझदै बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले ज्ञापन पत्र बुझ्दै संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा पु¥याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २ गते शनिबार