कोहलपुर :
उद्घोषण, प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । असोज २५ गते बाट सुर भएको उद्घोषण , प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न शुक्रबार सम्पन्न भएको हो ।
तालिमको समापनमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्नु पर्ने बताएका छन् ।
युवाले आफ्नो सिपबाट देश विकासमा सहयोग गर्नु पर्ने उनले बताएका हुन् ।
कोहलपुर नगरपालिका वडा नं १४ का वडाध्यक्ष टेकचन हरिजनका अनुसार आगामी दिनमा समाजमा लुकेर रहेको व्यक्तिहरुको व्यक्तित्व विकासका लागि वडा तथा नगरपालिकाको तर्फबाट आफु सहयोग गर्न तयार छ ।
यस्तै तालिमका प्रशिक्षक तथा वरिष्ठ संचारकर्मी कमल बि.क निर्मोहीले बोल्ने र लेख्ने सिपका माध्यमबाट जिविकोपार्जन गर्न सकिने बताए ।
तालिम अवधिभर आफुले सिकेका कुरा सिकाएको र सहभागिबाट समेत धेरै कुरा सिक्ने अवसरमा आफुले पाएको उनको भनाई थियो । तालिममा २० जनाको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्