‘द नेक्स्ट मोडेल बाँके’ को अडिसन सुरु



कोहलपुर :
बाँकेको कोहलपुरमा द नेक्स्ट मोडेल बाँकेको प्रथम चरणको अडिसन सुरु भएको छ । बाँकेमा रहेका प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले द नेक्स्ट मोडेल बाँकेको आयोजना गरिएको हो ।

शुक्रबार कोहलपुरको स्वास्तिक कटेजमा पहिलो चरणको अडिसन सम्पन्न भएको आयोजकले जनाएको छ ।नगर युवा संञ्जाल कोहलपुर का अध्यक्ष रमेश मिजारका अनुसार २५ जनाले अडिसन दिएका छन् ।

शनिबार(आज) नेपालगञ्जको सिदार्थ एस क्याफेमा अडिसन हुने उनले जानकारी दिए । यस्तै दोस्रो चरणको अडिसन आगामी कात्तिक ८ गते कोहलपुर र ९ गते नेपालगञ्जमा हुनेछ । द नेक्स्ट मोडेल बाँकेको जजको रुपमा गायक मेगसन खाती क्षेत्रीले गरेका थिए । यसमा बिग नेपाली फिलिम्स प्रोडक्सनको प्रस्तुती रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २ गते शनिबार