नेपालगञ्जका एफ.एम. रेडियोको अनुगमन



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा संचालनमा रहेका रेडियोहरुको अनुगमन गरिएको छ । सामुदायिक तथा नीजि रेडियोहरुले पालना गर्नु पर्ने नियमहरु अवलम्बन गरेको वा नगरेको बारेमा अनुगमन गरिएको हो ।

जिल्ला हुलाक कार्यालयको अगुवाईमा पाँच वटा रेडियोहरुको अनुगमन गरिएको थियो । नेपालगंजमा रहेका रेडियो बागेश्वरी, रेडियो मर्निङ्ग स्टार, रेडियो सदभाव एफएम,भेरी एफएम तथा रुबरु एफएमको अनुगमन गरिएको कार्यालयले जनाएको छ

अनुगमनका क्रममा इजाजत नविकरण, लाइसेन्स नविकरण, नेपाल सरकारलाई बुझाउनु पर्ने रोयल्टी बुझाएन बुझाएको, संगीत रोयल्टी बुझाए नबुझएको, लोक कल्याणकारी बिज्ञापन प्रशारण गरे नगरेको तथा रेडियोको स्टुडियो तथा समग्र ब्यबस्थापन हेरिएको छ ।

कार्यालय प्रमुख गोबिन्द बहादुर पाण्डेका अनुसार अनुगमनको क्रममा प्रत्येक वर्ष असार मसान्त सम्ममा इजाजत तथा लाइसेन्स नविकरण गर्नु पर्ने, पौष मसान्त सम्ममा रोयल्टी बुझउनु पर्ने तथा नबिकरण गर्नलाई संगित रोयल्टी नतिरेका पाईएको छ ।

ती रेडियोहरुलाई निर्धारित समय मै प्रक्रिया पुरा गर्नको लागि सुझाव दिईएको उनले बताए । बाँकेमा पाँच सय वाट क्षमता सम्मका दश वटा एफ.एम.÷ रेडियो संचालनमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज २९ गते बुधबार