29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु ३ जना घाईते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया

बर्दिया बाँसगढीको बड्की डेउढामा मोटरसाईकल दुर्घटना हुदा एकको ज्यान गएको छ भने ३ जना घाईते भएका छन् । चार जना सवार मोटरसाईकल दुर्घटनामा हुदाँ एक जनाको ज्यान गएको, २ जना गम्भिर घाईते र एक जना सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ ।

लक्ष्मणा चोक देखि बढैयातालको गणेशपुर जादै गरेको अनटेष्ट अपाची १ सय ६० सिसिको मोटरसाईकल बाँसगढी नगरपालिका ७ मा पर्ने बड्की डेउढामा आईतबार राती साढे १२ बजेको समयमा दुघटनामा परेको थियो । दुर्घटनामा बैजनाथ गाँउपालिका ७ बाँके पेदारीका २२ बर्षिय दिपेन्द्र थारुको मृत्यु भएको
छ ।

मोटरसाईकलमा सवार थारुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बैजनाथ ७ बाँके कै मोटरसाईकल चालक अन्दाजी ३२ बर्षिय सुलेन्द्र थारु, सोही निवासी ३३ बर्षिया बदलु थारु गम्भिर घाईते भएको र २७ बर्षिय किरण थारु सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय मोपितुर बाँसगढीका प्रहरी निरिक्षक ईन्द्रजित सुनारले जानकारी दिए ।

गम्भिर घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका रातीको समयमा भएकाले मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     9:35:24 AM  |