15 July 2024  |   सोमवार, असार ३२, २०८१

नेतृ हमालद्धारा बिरामीलाई फलफूल वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६  

शुभाकर विश्वकर्मा,

     कोहलपुर

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य यूवा नेतृ तिर्सना हमालले आफ्नो जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण गरेकी छन् । जुम्ला घर भई हाल सुर्खेतलाई कर्मथलो बनाउदै आएकी हमालले ८० जना बिरामीलाई फलफूल वितरण गरेकी हुन् ।

दसैँ बिदाको समयमा कर्णाली प्रदेश कै प्रमुख पर्यटकीय गन्तव्य रारा भ्रमणबाट फर्किए लगत्तै कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत बिरामी फलफूल वितरण गरिएको थियो

नेतृ हमालका अनुसार जन्मदिनको अवसरमा मानवीय धर्म होस भन्ने उद्देश्यले फलफूल वितरण गरिएको हो । जुम्लाको अर्गानिक स्याउ, केरा, सुन्तला लगायत वितरण गरिएको छ ।

नेकपा जुम्लाका नेता कार्यकर्ताहरुको सहभागितामा निकै सौहार्दपुर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको उनको भनाई छ । उक्त कार्यक्रममा सहभागि नेकपा जुम्ला जिल्ला अध्यक्ष सुरेश पहाडीले लामो समय विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएकी हमालको कार्यले सबैलाई प्रेरणा मिलेको बताए ।

उनका अनुसार सबैले आफ्नो जन्म दिनको अवसरमा यस्तै खाले सिर्जनशिल कार्य गर्नु पर्ने आवश्यकता रहेको छ । बिरामीको सेवाको गर्नु कम्युनिष्ट कार्यकर्ताको धर्म भएको अध्यक्ष पहाडीको भनाई रहेको छ ।

यस्तै प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानमा उपचार गराईरहेका विरामीलाई फलफूल वितरण गरेको धन्यवाद प्रकट गरे । नेतृ हमालमा अहिले मध्य पश्चिमाञ्चल विश्व विद्यालयमा संठगन ईन्चार्ज छिन् ।

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     8:35:34 AM  |