30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बाँसगढीको राँझामा बाघ आतंक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
बर्दिया बाँसगढीको राँझामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बुधबार बाघको आक्रमणबाट बाँसगढी नगरपालिका २ राँझा सिमलकुनाकी ४६ बर्षिया गंगा सलामी मगरको ज्यान गएको हो ।

घर नजिकै घाँस काट्न गएको अवस्थामा स्वर्गद्धारी मध्यवर्ती सामुदायिक वनको च्यामा खोला नजिकै मगरलाई बाघले आक्रमण गरेको थियो ।

lrtjgsf] lgs’~hdf Kff6] af3 lrtjgsf] /fli6«o lgs’~hdf b]lvPsf] b’n{e kf6]af3 . tl:a/ M ;f}hGo¬–;fu/ lu/L, /f;;

बाघको आक्रमणबाट घाईते मगरको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको स्थानिय गोपाल खत्रीले जानकारी दिए । मृतक मगरको २ छोरा र २ छोरी छन् ।

मगरलाई बाघले आक्रमण गरे लगतै २ ओटा बाख्रा र एउटा गाईलाई पनि आक्रमण गरेको स्थानियहरुको भनाई छ । राँझाकै लक्ष्मी मल्लको बाघले आक्रमण गरी घाईते बनाएको हप्ता दिन मै फेरी अर्की महिलालाई बाघले आक्रमण गरेको बाँसगढी २ का वडा अध्यक्ष घमण्ड चन्दले बताए ।

वडा अध्यक्ष चन्दका अनुसार राँझा क्षेत्रमा बाघको आतंक बढेको र स्थानिय त्रसित रहेका छन् । बाघले असोज १२ गते स्थानिय नम बहादुर मल्ल, रमेश परियार, चम्पु विक र धन बहादुर विकका ११ वटा बाख्रा समेत मारेको थियो ।

केही दिन देखि राँझा क्षेत्रमा रहेका भगवती र स्वर्गदारी मध्यवर्ति सामुदायिक बनमा बाघ घुमिरहेकाले घर बाहिर समेत निस्कन डराउने अबस्था आएको स्थानियहरुको भनाई छ ।

राँझा क्षेत्र आसपासमा रहेको बाघको खोजी कार्यको लागि बुधबार बेलुका नै टोली पठाई सकेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

बाघको खोजीका लागि क्यामेरा जडान गरिने र बिहीबार देखि हाती सहितको बिशेष टोलीले बाघको खोजी गरिने प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     10:05:30 AM  |