8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

हिमामा प्रहरी चौकी स्थापना हुने ,स्थानीय खुसी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६  

शुभाकर विश्वकर्मा, कोहलपुर

जिल्लाको सिंजा क्षेत्रमा पर्ने हिमा गाउँपालिकामा पहिलो पटक प्रहरी चौकी स्थापना हुने भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार गाउँपालिकामा पहिलो पटक प्रहरी चौकी स्थापना हुने भएपछि स्थानीय खुसी भएका हुन् ।

नाग्म गमगढी सडक खण्ड अन्तर्गत पर्ने हिमा गाउँपालिकामा स्थानीयले लामो समय देखी प्रहरी चौकीको माग गर्दै आएका थिए । सडकको विस्तार संगै गाउँ गाउँमा विभिन्न अपराध तथा असुरक्षा बढेको भन्दै स्थानीयहरुले स्थानीय सरकारले समेत पहल गरिरहेको थियो ।

हिमा गाउँपालिकाका स्थानीय नेत्र शाहीले सरकारको निर्णयले हिमा गाउँपालिका बासीलाई खुसी बनाएको बताएका छन् । उनले जनताको सुरक्षाको लागि प्रहरी चौकी खोल्ने निर्णय स्वागयोग्य भएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष समेत रहेका शाहीका अनुसार प्रहरी चौकी स्थापना गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यावाद व्यक्त गरिएको छ ।

गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले स्थानीय जनताले अव कुनै पनि किसिमको असुरक्षाको महशुस गर्न नपाउने बताएका छन् ।

अहिले हिमा गाउँपालिकाका विभिन्न स्थानमा अस्थायी प्रहरी चौकी रहेका छन् ।

गाउँपालिकाले यस कार्यमा सहयोग तथा पहल गर्ने गृह मन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारी , प्रदेश गृह मन्त्रालय, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, तत्कालिन प्रहरी नायब उपरिक्षक सिताराम रिजाल सहित स्थानीयबासीलाई धन्यावाद ज्ञापन गरेको छ ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     2:01:25 PM  |