8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

प्रहरीद्वारा निशुल्क स्वास्थ्य शिविर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६  

बर्दिया ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले मंगलबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बर्दिया प्रहरीले मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर तथा डेंगु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसरमा भएको स्वास्थ्य शिविरको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले उद्घाटन गरेका थिए । उनले जनता र प्रहरीको सम्बन्ध सुमधुर राख्नको लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

‘प्रहरी र जनताको सम्बन्ध एकदमै सुमधुर हुन आवश्यक रहेको छ’ प्रहरी उपरीक्षक बास्तोलाले भने, ‘प्रहरी मात्रैले अपराध न्यूनिकरण गर्न सक्दैन, समुदायले समेत साथ दिए प्रहरीलाई काम गर्न सहज हुन्छ ।’ निशुल्क स्वास्थ्य शिविरमा प्रहरी नायब उपरीक्षक डा. वोध विक्रम कार्की, प्रहरी निरीक्षक डा. महादेव देउजा, प्रहरी निरीक्षक डा. अनु भण्डारी सहितको प्रहरी चिकित्सकको टोलीले स्थानीयहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा नेपाल औषधी व्यवसायी महासंघ बर्दियाका अध्यक्ष सुरेशकुमार रेग्मी, महासचिव कृष्ण पौडेल, पुर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष दिव्य राज भण्डारी, प्रहरी अधिकारी लगायतको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । उनका अनुसार शिविरमा डेंगु रोग सम्बन्धि जानकारी समेत दिइएको थियो ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     8:37:22 AM  |