बाँसगढी, बर्दिया ।
बाँसगढीको राँझामा बाघको बिकबिकि बढेको छ । भगवती मध्यवर्ति सामुदायिक वन क्षेत्रमा केही दिन देखि बाघको विकबिकि बढेको हो । राँझा क्षेत्रमा बाघको बिकबिकी बढे सँगै स्थानिय त्रसित भएको बाँसगढी वडा नम्बर २ का अध्यक्ष घमण्ड चन्दले जानकारी दिए ।
गत असोज ६ गते घाँस काट्ने क्रममा राँझाकी लक्ष्मी मल्ललाई बाघले आक्रमण गरी घाईते बनाएको थियो । त्यो सँगै आईतबार राँझाका बिभिन्न व्यक्तिका ११ वटा बढी बाख्रा बाघले मारेको छ । बाघले स्थानिय नम बहादुर मल्लको ३, रमेश परियारको ३, चम्पु विकको ४ र धन बहादुर विकको १ गरी ११ वटा बाख्रा मारेको स्थानिय गोविन्द शाहीले जानकारी दिए ।
उनका अनुसार ९ वटा बाख्रा मरेको अवस्थामा भेटिएका छन् । स्थानियको बाख्रा बाघले मारे सँगै गाउँका बासिन्दा थप त्रसित बनेको शाहीले बताए ।
प्रकाशित मिति : २०७६ असोज १३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्