बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा दशरथ बुढा आएका छन् । नगरपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत बुढा र हेल्थ असिस्टेन थिर बहादुर खड्कालाई स्वागत गरेको थियो । स्वागत कार्यक्रममा नगर प्रमुख दुर्गा बहादुर थारुले समृद्धि र विकासका लागी योजना र कार्यक्रम आवश्यक पर्ने बताए । उनले बारबर्दियाका जनताको चाहाना र आवश्यकतालाई सम्बोधन र परिपुर्ति गर्ने गरी तिब्र गतिमा काम गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
नगर प्रमुख थारुले नगरपालिकाका शाखा प्रमुखहरुले प्रमुख प्रशासकिय अधिकृत बुढा सँग सहकार्य गरी अघि बढ्न समेत अनुरोध गरे । प्रमुख प्रशासकिय अधिकृत बुढाले जनताको ईच्छा अनुसार जनप्रतिनिधी र कर्मचारी सँगको सहकार्यमा बारबर्दियाको विकास र समृद्धिको लागि काम गर्ने बताए । उनीले २०६७ पौष १२ गते देखि निजामति सेवामा प्रवेश गरी जिल्ला निर्वाचन कार्यालय जुम्लामा लेखापाल पदमा काम गरेका थिए ।
२०६९ साल असोज १७ गते देखि शाखा अधिकृतमा पदस्थापन भएपछि सामान्य प्रशासन मन्त्रालय र मालपोत कार्यालय जुम्लामा करिब डेढ बर्ष काम गरे । त्यस्तै लोक सेवा कर्णाली अञ्चल कार्यालय जुम्लामा करिब ढाई बर्ष काम गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्र्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयमा करिब २ बर्ष काम गरेका थिए । कर्णाली क्षेत्र पर्यटन बिकास समितिमा कार्यकारी निर्देशक भएर १ बर्ष काम गरेर बुढा २०७५ श्रावण २७ गते देखि उपसचिवमा पदस्थापन भएका थिए ।
त्यसपछि कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा ८ महिना र कोहलपुर नगरपालिकामा ५ महिना प्रमुख प्रशासकीय अधिकृत भएर अहिले बारबर्दिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हुन् । कार्यक्रममा नेकपा बारबर्दिया सचिव दशरथ अगलपथ थारु, नेपाली काँग्रेसका प्रतिनिधि भोला कडेल, वन वातावरण तथा बिपद् व्यवस्थापन समितिका संयोजक टेक बहादुर बिक, शिक्षा शाखा प्रमुख टेकप्रसाद पाण्डे लगायतले पहिलेका प्रमुख प्रशासकीय जस्तै सक्रिय भएर काम गर्न आग्रह गरेका थिए ।