नेपालगञ्ज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको प्रथम पुर्ण बैठकले कार्यालय टिम गठन गरेको छ । शुक्रबार बाँकेको नेपालगञ्जमा सम्पन्न बैठकले ७ सदस्यीय कार्यालय टिम गठन गरेको हो । ७ सदस्यीय कार्यालय टिममा पूर्व माओवादी केन्द्रबाट अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आईपी’ सहित डिल्ली बराल (अमिर केसी) र सब्बिर खाँ तथा पुर्ब नेकपा एमालेबाट सचिव अशोक कोइराला सहित निरक गुरुङ, रत्न खत्री र प्रमोद धिताल चयन भएका छन् ।
कार्यालयको आमन्त्रित सदस्यमा पुर्ब माओवादी केन्द्रबाट अवराज खड्का, रेणुका खड्का र दिपेन्द्र शाह तथा पुर्ब एमालेबाट पदम धिताल, अव्दुल हुसेन खाँ र अशोक कर्माचार्यलाई चयन गरिएको छ । कार्यालय टीममा आमन्त्रिक सदस्यको मताधिकार भने रहनेछैन् । नेकपाको केन्द्रमा पार्टी सञ्चालन गर्दै आएको सचिवालय जस्तै जिल्लास्तरमा कार्यालय गठन गरिएको बताइएको छ । नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आईपी’ को अध्यक्षतामा भएको बैठकमा प्रदेश ५ का इन्चार्ज शंकर पोख्रेल, अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
बैठकले कात्तिक २ गते पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीहरुको प्रशिक्षण आयोजना गर्ने, स्थानीय पालिका कमिटीबाट प्रक्रिया पुरा गरि आएका नामहरु अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकले सचिवालय लगायतका अन्य निर्णयका लागि कार्यालयलाई जिम्मेवारी समेत दिएको छ ।









प्रतिक्रिया दिनुहोस्