मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६
इन्द्र बुढाथोकी, सल्यान । ।
सल्यान जिल्लाको प्रसिद स्थान कुपिण्डे दह सरसफाई गरिएको छ । शुक्रबार नेपाल यूवा परिषद सल्यानले कुपिण्डे दह सरसफाई गरेको हो । वनगाड कुपिण्डे नगरपालिका ८ मा पर्ने कुपिण्डे दहमा फोहोर बढ्न थालेपछि सरसफाई गर्न लागेको नेपाल यूवा परिषदका जिल्ला संयोजक एलिसा डिसीले
बताइन् ।
‘नेपाल वर्ष भिजीट २०२० लाई सफल बनाउनका लागि हामीले सरसफाई गरेका हौं’ उनले भनीन्, ‘नेपालका एक सय भन्दा बढि पर्यटकीय स्थलहरु सरसफाई गरिएको छ ।’ ७७ वटा जिल्लाका सधै सफा राखौ धेरै पर्यटक पढाउ भन्ने मुल नाराका साथ यो अभियान चलाएको उनको भनाई थियो । कार्यक्रममा वनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ का अध्यक्ष कुल बहादुर पुरी, प्रहरी शिक्षकको पनि सहभागिता रहेको थियो ।