खड्क सुनार
असोज ८, मुगु
पछिल्लो समय मुगुमा आँखा पाक्ने विरामिहरुको संख्यामा दिन प्रतिदिन बढ्दै गईरहेका छन् । भौगोलिक विकटता , धुलो धुवाँ , फोहोर जस्ता अन्य विकाराल वस्तुहरुले गर्दा आखाँ पाक्ने विरामि बढ्दै गएको जिल्ला आँखा उपचार केन्द्र मुगुले जनाएको छ ।
मानव शरीरका मुख्य ज्ञानेन्द्रिय भागको रुपमा पनि आँखा लाई पनि लिईन्छ ।
जिल्लाका छायानाथ रारा नगरपालिका , सोरु गाउपालिका , खत्याड गाउपालिका र मुगुमकार्मारोङ्ग गाउपालिकामा अहिले व्यापक रुपमा यो रोग फैलिएको आँखा उपचार केन्द्र मुगुका ईन्चार्ज डा। धुव्र बहादुर बुढ्थापाले बताए ।
उनका अनुसार मौसममा अनुकुलता सरसफाईमा कमि र खानपानमा व्यालेन्स नमिल्दा यस्तो रोग देखा परेको बुढ्थापाले जानकारी दिए । यो एउटा सरुवा रोग भएको पनि उहाले अवगत गराए ।
यो रोग देखा परेपछि अहिले जिल्ला आँखा उपचार केन्द्रमा विरामिहरुको लर्को लाग्ने गरेको छ ।
आँखा विरामिहरु बढ्दै गएपछि सेवामा भ्याईनभ्याई भएको र सो उपचार केन्द्रमा आवश्यकता अनुसारका चिकित्सक नहुदा सेवामा कठिनाई भएको डा बुढ्थापाको भनाई रहेको छ ।
आखा उपचार केन्द्रमा सामान्य आखाका अप्रेशन पनि हुने गरेका छन् , आँखा उपचार नभएर मात्रै सो केन्द्रमा नाक , कान , घाँटी जस्ता विरामिहरुको पनि सामान्य उपचार परामर्श दिएर पनि अप्रेशन पनि सञ्चालनमा भईरहेको बताएका छन् ।
जिल्लाका मात्रै नभएर कर्णालीका जिल्ला हुम्ला , जुम्ला लगायतका अन्य जिल्लाका विरामिहरु पनि फाटफुट आउने गरेको आखाँ उपचार केन्द्र स्रोतले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्