कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको लर्ड बुद्ध कलेज कोहलपुरको आयोजनामा डेंगु रोग सम्बन्धि जनचेनता कार्यक्रम गरिएको छ । डेंगु रोगबाट बच्नको लागि कलेजको आयोजनामा दुई दिन सम्म जनचेनता कार्यक्रम गरिएको हो । पछिल्लो समय डेंगु रोगका कारण धेरै जना प्रभावित भईरहेका छन् । बाँकेमा डेंगु रोगका कारण मृत्यु समेत हुन थालेको छ । यस क्षेत्रमा सर्तकता अपनाउन स्वास्थ्यकर्मीले सबैलाई आग्रह समेत गरिरहेका छन् ।
सहरी स्वास्थ्य केन्द्रको समन्वयमा दुई दिन सम्म कार्यक्रम गरिएको हो । लर्ड बुद्ध कलेजका प्रबन्ध निर्देशक सन्जय सिंहका अनुसार जनचेतना कार्यक्रमबाट २ हजार जना लाभान्वित भएका छन् । जनचेतना कार्यक्रम बाँकेका बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका वडा नम्बर ७, लखना र चौराहामा कार्यक्रम गरिएको उनले जानकारी दिएका छन् ।
कलेजका लेखा प्रमुख निम बहादुर रावतले जनप्रतिनिधि,स्वास्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य परिक्षण गराईएको बताएका छन् । कलेजको तर्फबाट डेंगु नियन्त्रणका लागि अभियान संचालन गरी सहयोग पुयाउने उद्देश्यले जनचेनता कार्यक्रममा उत्साहजनक सहभागिता रहेको सिंहको भनाई छ । डेंगु रोग नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्युपा बस्ने बाँस स्थान नष्ट गर्नु हो । यसबाट सचेत रहन सबैलाई आग्रह गरिएको छ ।