1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

बाँसगढीमा संविधान बारे चर्चा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६  

रावन बिश्वकर्मा । बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढीमा नेपालको संविधान बारे चर्चा गरिएको छ । बाँसगढी नगरपालिकाको आयोजनामा बिहीबार भएको नेपालको संविधान सम्बन्धी संवाद कार्यक्रममा संविधान बारे चर्चा भएको हो । संविधानमा भएका मौलिक हक, अधिकार र नागरिक कर्तव्यका बारेमा विभिन्न क्षेत्रका अगुवाहरुलाई जानकारी गराई नागरिक सम्म पु¥याउने उद्वेश्यका साथ संविधान दिवसको अवसरमा संवाद कार्यक्रमको आयोजना गरिएको थियो । नेपालको संविधानमा उल्लेख गरिएका मौलिक हक, अधिकार र नागरिक कर्तव्यका बारेमा अधिवक्ता बसन्त गौतम र नेपालको संविधानका प्रमुख बिशेषता, ऐन कानुन र संविधानको अभ्यासका बारेमा अधिवक्ता विकास आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संविधान सभा सदस्य निर्मल प्रकाश सुवेदीले नेपालको संविधान कार्यान्वयनको दिशामा गए पनि संविधानमा उल्लेखित हक, अधिकार र बिशेषताका बारेमा जनतालाई बुझाउन नसकिएको बताए । ६ बर्षको लामो कसरतबाट संविधान जारी गरिएको स्मरण गर्दै उनले कार्यान्वयनको पक्ष केही अपठ्यारो भए पनि सफल कार्यान्वयनको लागि सबै पक्षको रचानात्मक सहयोग आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य श्याम ढकालले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त भएको संविधानले प्रत्येक नागरिकहरुको सबै प्रकारका हक अधिकारको सुनिश्चित गरेको बताए । ‘संविधानको प्रमुख बिशेषताको रुपमा नागरिकको शिक्षा, स्वास्थ्य, रोजगार र आवासको ग्यारेन्टी संविधानले गरेको छ’ उनले भने, ‘तर संविधानको बिशेषताका बारेमा जनता सम्म बुझाउन सकिएको छैन् ।’ उनले जनता प्रति विश्वास गर्दै संविधानका बारेमा बुझाउन सक्नुपर्ने र विश्वकै उत्कृष्ठ संविधानको रुपमा परिभाषित गरिएको नेपालको सविधानलाई सर्वस्वाकार्य बनाउन सक्नुपर्ने तर्क गरे ।

कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले नगरपालिका संविधान कार्यान्वयको दिशामा अगाढी बढेको बताए । संविधानका मुल मर्मलाई कार्यान्वयन गर्नेका लागि सबै पक्ष अगाडी बढ्नु पर्ने उनले दाबी गरे । संविधानले उल्लेख गरेका अधिकारका कुराहरु प्राप्त गरिरहेको अबस्थामा नागरिकहरले पनि आफ्नो कर्तव्य पुरा गर्ने तर्फ पनि अग्रसर हुनुपर्नेमा नगर प्रमुख अधिकारीको जोड रहेको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी र विभिन्न क्षेत्रका व्यक्तित्वहरुले जनताले अनुभुती र अपनत्व महशुस हुर्ने गरी संविधानको कार्यान्वयको दिशामा जानुपर्नेमा जोड दिएका थिए । उनीहरुले ९० प्रतिशत बढी जनप्रतिनिधीहरुले हस्ताक्षर गरी निर्माण गरेको संविधानलाई उत्कृष्ठ संविधानको रुपमा ग्रहण गरिए पनि जनतामा भने निरासा रहेको बताए ।

नेपालमा भष्ट्राचार न्युनिकरण र सुशासन कायम गर्न सके मात्रै जनताले संविधान कार्यान्वय भएको अनुभुती गर्न सक्ने सहभागिहरुको तर्क रहेको थियो । संविधान दिवस मुल समारोह समितिका संयोजक तथा नगर प्रमुख अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा जनप्रतिनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी, सरकारी तथा गैरसकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, शिक्षक, बुद्धिजिबी, समाजसेबी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । बाँसगढी नगरपालिकाले संविधान दिवसलाई भव्य रुपमा मनाउने कार्यक्रम अन्तरर्गत बिहीबार नेपालको संविधान सम्बन्धी संवाद कार्यक्रमको आयोजना गरिएको नगर उपप्रमुख सुष्मा चौधरीले जानकारी दिइन् ।

संविधान जारी भएको दिन आज बिहान बाँसगढी सामुदायिक पुस्तकालय देखि झाँकी सहितको र्याली निकाली बाँसगढी बजार परिक्रमा गरी नेरा माबि बाँसगढीमा पुगि कोण सभामा परिणत हुनेछ । र्यालीमा सहभागि जनाउन आफ्नो संस्कृति र भेषभुषा सहितको झाँकी, पोशाकमा उपस्थितिको लागि जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, राजनितिक दल, नागरिक समाज लगायत बाँसगढी बाँसीलाई नगरपालिकाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६     12:13:22 PM  |