कोहलपुर ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ ले प्रदेश कमिटि सदस्यहरुको कार्य विभाजन गरेको छ । नेकपा प्रदेश कमिटिले बाँके रहेका विभिन्न निर्वाचन क्षेत्रका ईन्चार्ज र सह–ईन्चार्ज टुङ्गो समेत लगाएको छ । बाँकेको संघिय क्षेत्र नम्बर १ को ईन्चार्जमा प्रकाश सुवेदी, सह–ईन्चार्जमा प्रदेश सांसद कृष्णा केसी (नमुना) र रामदास थारु रहेका छन् ।
क्षेत्र नम्बर १ प्रदेशसभा क को ईन्चार्जमा पुजन बिश्वकर्मा र सह– ईन्चार्जमा पट्टु थारु चयन भएका छन् भने क्षेत्र नम्बर १ प्रदेशसभा ख को ईन्चार्जमा नरेन्द्र न्यौपाने चयन भए । बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर २ को ईन्चार्जमा शान्ति ढकाल चयन भएको नेकपा प्रदेश कमिटिले जनाएको छ । प्रतिनिधी सभा क्षेत्र नम्बर २ को सह ईन्चार्जमा भने अतहर हुसेन फारुकीलाई चयन गरिएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा क को ईन्चार्जमा प्रेम भुषाललाई जिम्मेवारी दिइएको छ भने ख को ईन्चार्जमा नबिन शर्मालाई दिइएको छ । त्यसैगरी बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर ३ को ईन्चार्जमा सांसद नन्दलाल रोकायालाई तोकिएको छ भने सह–इन्चार्जमा डम्मर बि.क ‘तुफान’ लाई तोकिएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर ३ प्रदेशसभा क को ईन्चार्जमा नरेन्द्र पाण्डे ‘जेम्स’ र प्रदेशसभा ख को ईन्चार्जमा बेदनिधि प्याकुरेललाई चयन गरिएको बताइएको छ ।