कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ९ मा डेंगु रोग सम्बन्धी जनचेतना कार्यक्रम गरिएको छ । नेपालगञ्ज भेरी नसिङ्ग कलेजको आयोजनामा डेंगु रोग सम्बन्धी जनचेतना कार्यक्रम गरिएको हो । भेरी नर्सिङ्ग कलेजका प्रबन्ध निर्देशक संजय सिंहले डेंगु लाग्ने अवस्था, यसको लक्षण र यसबाट जोगिने उपायबारे जनचेतना कार्यक्रममार्फत डेंगु रोग न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
‘नेपालमा डेंगु संक्रमणका विरामीहरु तिव्र रुपमा बढिरहेको अवस्था छ’ उनले भने, ‘डेंगु लामखुट्टेबाट सर्ने भाइरल रोग हो ।’ ‘फिमेल एडिस’ नाम गरेको पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने उनको भनाई थियो । यस्तै भेरी नसिङ्ग कलेजका प्रमुख एलिजा कोइरालाले खाल्डा खुल्डीमा जमेको पानी तथा पुराना सीसी प्लाष्टिक बोटलहरुमा रहेको पानी लामखुट्टे बस्ने र त्यहिबाट रोग लाग्ने बताइन् ।
‘जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउ“मा लामखुट्टे भगाउने धुप बाल्नुहोस्’ उनले भनीन्, ‘घर बाहिर निस्कीदा शरीर पूरा छोपिने खाल्को लामो बाहुला भएको कपडा लगाउनुहोस् ।’ आफ्नो घरवरपर पानी जम्न, फोहार नगर्ने समेत उनको सुझाव थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, विद्यार्थी, अभिभावक, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।