6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

हतियार र छर्रासहित गिरी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६  

कोहलपुर ।

बाँकेको नेपालगञ्ज भन्सार कार्यालय नजिकैबाट सशस्त्र प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । भन्सारको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व नम्बर ४० गुल्मको टोलीले सोमबार हतियारसहित एक जनालाई पक्राउ गरेको हो । हतियार र छर्रासहित पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका १ कारकाँदो बस्ने ५५ बर्षिय प्रजुन गिरी रहेका छन् । नेपालगञ्ज भन्सार कार्यालयको मेन गेटबाट नै हतियारसहित एक जनालाई नियन्त्रणमा लिइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नवराज बोहराले जानकारी दिए ।

‘भारतको रुपैडियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको गाडि शंका लागेर चेकजाँच गरिएको थियो’ उनले भने, ‘यूपि ४० एसी १५१८ नम्बरको भारतीय नम्बरको कारमा लुकाइछिपाई राखेको अवस्थामा हतियारसहित छर्रा बरामद भएको हो ।’ गिरीले भारतीय नम्बरको कारको डिक्कीमा हतियार र गोली लुकाएर ल्याउँदै थिए । बरामद भएको एक थान हतियार यअर गन रहेको सशस्त्र प्रहरीले जनाएको छ । हतियारसँगै प्लाष्टिकको बट्टामा राखेको अवस्थामा सशस्त्र प्रहरीले ५ सय पिस छर्रा समेत बरामद गरेको थियो ।

गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक बोहराले बरामद गरिएको हतियार, छर्रा, गाडि र मानिसलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाइएको जानकारी दिए । गिरीले हतियार र छर्रा कुन प्रयोजनको लागि ल्याएको भन्नेबारे केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘हतियार कुन प्रयोजनको लागि ल्याएको हो भन्ने अझै केही खुल्न सकेको छैन’ एक प्रहरी अधिकारीले भने, ‘यसै बिषयलाई लिएर हामीले गहन अनुसन्धान थालेका छौं ।’ हतियारसहित पक्राउ परेका गिरी नेपालगञ्जका व्यवसायी समेत रहेको बताइएको छ । भारतीय नम्बर प्लेटको गाडिमा भारततर्फबाट ल्याउँदै गरेको अवस्थामा गोलीसहित हतियार फेला परेपछि प्रहरीले उच्च सर्तकता अपनाएको

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     8:01:34 AM  |