मानव बेचविखन विरुद्ध सडक नाटक



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १३ मा रहेको नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा मानव बेचविखन विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ । माइती नेपाल र ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुर सहयोगमा समाज सेवा संस्थाको आयोजना सडक नाटक प्रर्दशन गरिएको हो ।

सडक नाटकमा बिनोद थापा, कल्पना चन्द शर्मिला घर्ती, प्रकाश चन्द, आरुमती चौधरी, रमिता चौधरी र राम प्रसाद रिजालले अभिनय गरेका थिए । समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले मानव बेचबिखन न्यूनिकरण गर्नका लागि जनचेतना अभियानको लागि नाटक प्रर्दशन गरिएको बताए ।

‘नेपाल र भारतको खुल्ला सिमानाका कारणले धेरै चेलिबेटीहरु भारतका कोटीहरुमा बेचिन पुगेका छन्’ उनले भने, ‘विद्यार्थी र अभिभावकहरुलाई जनचेतना फैलाउन अति आवश्यक रहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २९ गते आइतबार