कोहलपुर ।
बाँकेको कोहलपुरमा यामाहाको अत्याधुनिक शोरुम सञ्चालनमा आएको छ । बुधबार शोरुमको कोहलपुरका नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरे । यामाहाको आधिकारीक बिक्रेता श्रेष्ठ ट्रेड हवले शोरुम सञ्चालनमा आएको हो । कोहलपुरमा अबदेखि यामाहाको ‘वरल्र्ड क्लास आउटलेट’ (सेल्स, सर्भिस, एक्सचेन्ज, फाइनान्स र स्पेयर पाटर्स) सहितको अत्याधुनिक शोरुम हुनेछ । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख रावतले मोटरसाइकल तथा स्कुटरको मागलाई ध्यानमा राखेर शोरुमहरु सञ्चालनमा आउनु राम्रो रहेको बताए ।
श्रेष्ठ ट्रेड हवका सञ्चालक प्रशन्न श्रेष्ठले दशै तिहारलाई मध्यनजर गरेर विशेष सुविधाका साथ शोरुम सञ्चालनमा ल्याईएको जानकारी दिए । ‘यामाहा ब्रान्डका मोटरसाइकलले स्पोर्टी इमेजलाई अवलम्बन गरिरहेको छ’ उनले भने, ‘यामाहा कम्पनीका ग्राहकहरुले कोहलपुरबाट नै सबै सेवाहरु पाउनुहुनेछ ।’ यामाहाका मोटरसाइकल भन्नेबित्तिकै पिकअप, स्टाइल, पावर, एसिलेरेसनमा उत्कृष्ट भन्ने बुझिने उनले बताए । पछिल्ला समयमा ल्याएका आर १५ भी ३, र एफजी भी ३ ले पनि यामाहाको स्पोर्टी इमेजलाई बलियो बनाइ दिएको सञ्चालक श्रेष्ठको भनाई रहेको छ । यामाहा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चिरिञ्जवी शाहले यामाहाका मोटरसाइकल यूवाहरुमाझ निकै लोकप्रिय बन्दै गएको दाबी गरे ।
‘यामाहाले विक्रीलाई मात्र नभई विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिन्छ’ उनले भने, ‘यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।’ सीइओ शाहका अनुसार यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी ३.० सार्वजनिक गरेको थियो । ‘जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो’ उनले भने, ‘यसको माग युवा राइडरहरुमाझ अत्याधिक बढिरहेको छ ।’ यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइने सिइओे शाहले दाबी गरे ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले यहाँ उद्योग कलकारखाना थपिदै जानु सकारात्मक कुरा भएको बताए । ‘विकासले गती लिएको कोहलपुरमा पछिल्लो समय मल्टी नेशनल कम्पनीहरुले समेत आफ्ना शाखाहरु स्थापना गरिरहेका छन्’ उनले भने, ‘यसले पक्कै पनी कोहलपुरमा आर्थिक गतिविधीहरु बढाउनेछ ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले उद्योगी व्यवसायीहरुको सुरक्षा गर्न आफुहरु तयार रहेको बताए । ‘कोहलपुरको सुरक्षामा हामी कुनै पनी कमी हुन दिदैनौं’ उनले भने, ‘प्रहरीलाई व्यवसायी लगायत सबैले आफ्नो स्थानबाट मद्वत गर्नुपर्छ ।’