कोहलपुर ।
बाँके कोहलपुर नगरपालिकाका कार्यापालिका सदस्यहरुले राज्यको विधि र नियम अनुसार काम गरेका प्रस्ट पारेका छन् । आइतबार ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरपालिकाले गरेको कार्यक्रममा सामाजिक विकास संयोजक नारायणी वलीको सम्मानपत्रमा हस्ताक्षर राखिएको थियो । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले उपप्रमुखको सम्मानपत्रमा हस्ताक्षर नभएको कार्यक्रमको बिचमा हिडेपछि सोमबार पत्रकार सम्मेलन गरी कार्यपालिका सदस्यहरुले स्थानीय सञ्चालन ऐन २०७४ अनुसार काम गरेको बताएका हुन् ।
सामाजिक विकास संयोजक तथा कार्यापालिका सदस्य नारायणी वलीले स्थानीय सरकार सञ्चालन ऐन—२०७४ को परिच्छेद—०१ को (ढ) मा पदाअधिकारी भन्नाले कार्यपालिकाको पुमख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यापालिका अन्य सदस्यहरुलाई सम्झनुपर्दछ भनी परिभाषित गरेको बताइन् । ‘संविधानको भाग—३ मा मौलिक हक र कतव्र्य र भाग १८ मा महिला दलित र अल्पसंख्यक सामुदायिकको लागि विशेष व्यवस्थामा रोक नलाउने उल्लेख गरेको छ’ उनले भनिन् । भाग ५ अन्र्तगत राज्यको संरचना र राज्यको शक्तिको बाँडफाड अन्र्तगत राज्यको संरचना संघ, प्रदेश र स्थानीय तहमा हुने व्यवस्था रहेको छ । कोहलपुर वडा नम्बर १० का अध्यक्षले सञ्चार माध्याममा पदाअधिकारीको हैसियत नभएको भन्ने शब्द नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विरुद्ध भएको समेत सामाजिक विकास संयोजक वलीले दावी गरिन् ।
यस्तै कोहलपुर नगरपालिका विद्येयक समितिका संयोजक तथा कार्यापालिका सदस्य भिम बहादुर नेपालीले आफ्नो अधिकार विधिमा प्रष्ट उल्लेख गरेको बताए । कुन समितिको के काम हुन्छ र कुन पदको कुनमा हस्ताक्षर हुनुपर्छ भन्ने कोहलपुर नगरपालिकाको कार्यविधिका प्रष्ट लेखिएको उनले बताए । ‘हामी दलित, महिलाबाट आएको कारणले सामान्ती सोच भएकाहरुले दबाउन खोजेका हुन्’ उनले भने, ‘कोहलपुरका जनप्रतिनिधिहरु कानून पढेर मात्र कुन ठाउँमा के गर्न मिल्छ वा मिल्दैन भन्ने कुरा सुक्ष्म अध्ययन गरी बोल्नुपर्छ ।’ नगरपालिकाका आर्थिक विकास संयोजक तथा कार्यापालिका सदस्य दिल बहादुर विकले हस्ताक्षर गर्न र काम गर्न भनि आएको बताए । निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सांगठनिक संरचना र कोहलपुर नगरपालिकाको कार्यविभाजन तथा कार्यसम्पादन नियमावली २०७४ अनुसार अगाडि जाने हो भने कुनै कसैको यस्तो प्रकारको विवाद आउँदैन उनले भने ।