कोहलपुर ।
मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा शनिबार कोहलपुर नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
छ । कोहलपुर नगरपालिकाको आयोजना तथा माइती नेपाल संस्थाको सहकार्यमा मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका विषय अन्तरक्रिया कार्यक्रम भएको हो । कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा माइती नेपालका कार्यक्रम संयोजक केशव कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कोइरालाले मानव बेचबिखन तथा ओसार पसारमा नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय कानून तथा नेपालमा रहेका कानूनी प्रावधान र यसको अवस्थाको बारेमा कार्यपत्रमा उल्लेख गरिएका विषयहरुको विश्लेषण गरेका थिए । कोइरालाको कार्यपत्रमा उल्लेख भए अनुसार नेपालमा मानव बेचविबखन तथा ओसार पसारको जोखिममा वर्षेनी लाखौं महिला तथा बालबालिकाहरु पर्ने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । विश्वमा वाषर््िाक २ करोड ४० लाख महिला तथा बालबालिकाहरु मानव बेचबिखन तथा ओपार पसारको जोखिममा पर्ने गरेका छन् ।
नेपालबाट प्रायजसो महिला तथा बालबालिकाहरुले विभिन्न प्रलोभनमा पारेर भारतका विभिन्न स्थानमा बेच्न गरेको र त्यसरी बेचिएका महिला तथा बालबालिकाहरु यौन व्यवसायमा लगाउने गरेको तथ्याङ्कहरुले देखाएको छ । नेपालबाट भारतमा लिई बेचबिखनमा पारिनेहरु ७ वर्षका बालिका देखि ४५ वर्षका महिलाहरु समेत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । महिला तथा बालबालिकाहरु मानव बेचविखनको जोखिममा मात्र होइन , उनीहरुलाई अवैध लागु औषध ओसार पसारमा समेत प्रयोग गरिएको पाइएको छ ।
बाँकेमा मात्र गत आर्थिक वर्षमा बेचबिखेनको जोखिममा परेका १ हजार ७ सय छयासी जना महिला तथा बालबालिकाहरुको उद्धार गरिको थियो । बाँके जिल्लामा पनि कोहलपुर नगरपालिका मानव बेचबिखन तथा ओसार पसारको उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । गत वर्ष मात्र कोहलपुर नगरपालिका भित्रबाट मात्र महिला तथा बालबालिका गरी ६० जना बेचविखन तथा ओसार पसारको जोखिम परेका थिए । नगर प्रमुख रावतले बाँके जिल्लामा कोहलपुर नगरपालिका सबै भन्दा बढी र डर लाग्दो मानव बेचविखन तथा ओसार पसारको जोखिममा रहनु हामी जनप्रतिनिधिहरुको लागि पनि सरमको विषय भएको बताए ।
रावतले कार्यक्रममा सहभागी सबै जनप्रतिनिधिहरुलाई भने ,‘हामी जनप्रतिनिधिहरु एउटा वडामा ५ जना छौं , ५ जना ५ वडा स्थान वा टोलबाट प्रतिनिधित्व गर्दछौं , हामीले आफ्नो टोल वा त्यसको वरपरका सबैलाई चिन्दछौं, कोही नयाँ मानिस गाउ वा टोलमा आयो भने चिन्दछौं , कोही नयाँ मान्छे आउँदा वा फरक व्यवहार देखाउदा हामी सजिलै निगरानी राख्न सक्छौं , त्यसमा सबै जनप्रतिनिधिहरु चलाख भएर लाग्यौं भने पक्कै पनि यो अपराधजन्य कार्यलाई हामी नियन्त्रण गर्न सकछौं र त्यसमा लाग्न म सबैलाई नगरपालिका तर्फबाट आग्रह गर्दछु र आफू पनि त्यसमा लाग्ने प्रतिवद्धता गर्दछु । ’