6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

रेलिङ्ग काण्डको नेकपा कोहलपुरद्धारा घोर भत्र्सना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६  

कोहलपुर।

नेपाल कम्युनिष्ट पार्टी कोहलपुर नगर कमिटीले कोहलपुर क्षेत्रका सडकमा रहेका रेलिङ्ग अनाधकित रुपमा काटिएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाको नगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै एसियाली विकास बैंक सहयोगमा बनेको अन्तराष्टिय मापदण्डका सडक बार रेलिङ्ग काटिनु विकास बिरोधी कार्य भएको ठहर गरेको हो ।

‘नगर क्षेत्रमा निर्माण गरिएका संरचना स्थानीय सरकार, राजनैतिक दल नागरिक समाज र आम जनताको सरोकारका विषय हो’

नेकपाको कोहलपुर नगर कमिटीका अध्यक्ष बसन्ती अधिकारीद्धारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ,‘ यस्तौ गैर जिम्मेवार, विकास विरोधी कार्यको घोर भत्र्सना गर्दछ । ’ अ

नाधिकृत बार काट्ने कार्यमा संलग्न सबैलाई हदै सम्म कारबाही गर्न सम्बन्धित सरोकारवाला संग माग पनि विज्ञप्ति मार्फत गरिएको छ । साथै नेपागन्ज उपमहानगरपालिकाको का१जी हाउसबाट दैलेखको लागि लगिएका गाई गोरी मारिएको घटना प्रति पनि घोर भत्र्सना गरिएको छ ।

उक्त कार्यको यर्थात छानबिन तथा दोषि माथि कारबाहीको माग गर्दछौ । अध्यक्ष अधिकारी सहित सचिव तुलाराज बिष्टद्धारा सयुक्त रुपमा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     7:52:59 PM  |