13 July 2024  |   शनिबार, असार ३०, २०८१

क्याम्पस प्रमुख विरुद्व विद्यार्थी संगठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने बताएका छन् । क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएपनि कुनै वास्ता नगरेको भन्दै चार विद्यार्थी संगठनहरुले मंगलबारदेखि क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने बताएका हुन् । संयुक्त प्रेस विज्ञप्ती जारी गरेर आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

भाद्र ५ गते संयुक्त विज्ञप्ति मार्फत् विद्यार्थी संगठनहरुले शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, विभिन्न संकाय अन्तर्गत्का कार्यक्रमहरुमा मनोमानी ढंगले शुल्क बृद्धि भएकाले बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, सेमेष्टेर कार्यक्रमहरुमा अपारदर्शी ढंगले वितरण गरिएका छात्रबृत्तिलाई खारेज गरी त्रिभुवन विश्व विद्यालयको नियम अनुसार पारदर्शी ढंगले वितरण गर्नुपर्ने माग गरेको अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका सचिव प्रकाश बिकले जानकारी दिए ।

त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियनको कोषको वितरण सार्वजनिक गर्नुपर्ने, सेमेष्टर कार्यक्रमहरुको आय ब्यय सार्वजनिक गर्नुपर्ने र कर्मचारी अभावका कारण विद्यार्थीहरुका नियमित कार्यक्रमहरु प्रभावित हुँदै आएकाले आवश्यक कर्मचारीको व्यवस्था गर्न पनि माग गरेका थिए ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     9:14:48 AM  |