6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

कोहलपुरमा मनाईयो गाईजात्रा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेका नेवार समुदायले दिवंगत व्यक्तिको सम्झनामा गाईजात्रा मनाएका छन् । वर्षभरी निधन भएका व्यक्तिहरुको सम्झनामा कोहलपुरमा बसोबास गर्दै आएका नेवार समुदायले गाईजात्रा मनाएका हुन् । शुक्रबार कोहलपुर ११ का दुई जना व्यक्तिहरुको घरबाट ¥याली निकालिएको थियो । गत वर्ष निधन भएका राम कुमार श्रेष्ठ र हरि कुमारी श्रेष्ठको घरबाट ¥याली निकालिएका भिमसेन देव मन्दिर संरक्षण समितिले जनाएको छ ।

पराम्परागत रुपमा मृत्यु भएको फोटो सहित झाँकी ¥याली निकाल्ने चलन रहेको छ । समितिका सल्लाहकार राजेन्द्र कुमार श्रेष्ठका अनुसार नेवार समुदायमा गाईजात्रा (शापारु) दिवंगत आत्माको चिर शान्तिको लागि मनाउने प्रचलन रहेको छ । यो वर्ष निधन भएका दुई जनाको घर बाट जात्रा शुरु भएको उनको भनाई छ । ‘हामीले मान्छेको निधन नभएको वर्ष सस्थाको लोगो सहित गाईजात्रा निकाल्छौ’ उनले भने, ‘यो वर्ष निधन भएका दुई जनाको आत्माको चिरशान्तिको लागि गाईजात्रा निकालियो ।’ उनले राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउनको गाईजात्राको शुरुवात गरेको जानकारी दिए ।

सयांै वर्ष पहिले जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने विस्वास रही आएको छ । गाईजात्रामा विभिन्न भेषभुषा, पहिरन र आकृतिमा नेवार समुदायका युवायुवतीमा बाजागाजा सहित बाल विद्या चोक र साझा चोक हुँदै समितिको कार्यालयमा पुगेका थिए । ¥याली कोहलपुर नगरपालिका वडा नम्बर २ मा रहेको भिमसेन देव मन्दिर संरक्षण समितिको कार्यालयमा गएर कोण सभामा परिणत भएको थियो । भने त्यसपछि खानपिन गरेर सकिएको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     11:20:03 AM  |