8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

१६ वर्षे विवाहको प्रतिकारमा बालिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६  

कोहलपुर

बाँकेका आठ वटै स्थानीय तहका किशोरी क्लबहरु बल बिवाहको प्रतिकारमा उत्रिएका छन् । नेपालगन्ज लगायातका क्षेत्रमा लगातार १० वर्ष मै विवाह गर्न पाउने माग गर्दै आन्दोलन हुन थालेपछि यहाँका किशोरीहरु कथित १६ वर्षे बाल विवाहको बिरुद्धमा उत्रिएका हुन् । बाँकेका सबै स्थानीय तहका प्रमुख ÷ उपप्रमुख र अध्यक्ष ÷ उपाध्यक्षलाई ज्ञान पत्र बुझाउने कार्यक्रम अन्तर्गत किशोरीले कोहलपुर नगरपालिकामा १२ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

कोहलपुर १२ र १३ नम्बर वडामा रहेको सचेतन किशोरीका क्लबले पदाधिकारीले स्थानीय सरकारलाई बाल विवाह रोक्न माग गरेका थिए ।‘बाल विवाह गर्न पाईदैन, बाल विवाह अन्त्य गरौ,विवाहको उमेर घटाउन पाईदैन’ लगायतका नारा लगाउदै कोहलपुर नगरपालिकामा पुगेका थिए । ज्ञापन पत्र बुझाउदै क्लबका अध्यक्ष भावना भुसालले किशोरकिशोरी अवस्था मै बाल विवाह गर्न पाउनु पर्छ भन्ने मागका विरुद्ध किशोरी क्लबहरु सक्रिय भएको बताईएन् । उनका अनुसार बाँकेका आठ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा पनि माग सहित ज्ञापन पत्र बुझाईएको हो ।

ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले किशोरीहरुको माग निकै जायज रहेको प्रतिक्रिया दिए । उनले किशोरीको आन्दोलन, सक्रियता प्रति कोहलपुर नगरपालिका पुर्ण सहमत रहेको बताए । ‘सामाजिक कुरिती बिरुद्धको अभियानमा मेरो पुर्ण समर्थन छ ’उनले भने,‘ नगरपालिकाको तर्फबाट गर्नु पर्ने सहयोगको लागि म प्रतिबद्ध छु ।’यस्तै उपप्रमुख सन्जु कुमारी चौधरीले पनि किशोरीको अभियानको आफ्नो सहमति रहेको बताईन् । कोहलपुर नगरपालिकाले पनि समाजमा रहेको कुरिती, कुसस्कार अन्त्यको लागि पहल गरिरहेका भन्दै बाल विवाह न्यनिकरणको लागि किशोरी क्लवसंग हातेमालो गर्न आफु तयार रहेको जानकारी दिईन् ।

प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     10:00:44 AM  |