राजापुरमा धान गोड्ने मेसिनको प्रयोग सफल



बर्दिया ।

बर्दियाको राजापुरमा धान गोड्ने मेसिनको प्रयोग अध्यास गरिएको छ । राजापुरको भिमापुरमा धान गोड्ने मेसिनको सोमवार प्रयोग अभ्यास गरिएको हो । धान गोड्ने मेसीनको कसरी गर्ने भनेर किसानहरुलाई सिकाइएको प्रावधिक सहयोगी संस्था सिसा परियोजनाले जनाएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपर जोन राजापुरद्धारा अनुदानमा प्राप्त धान गोड्ने मेसिनको किसानले अभ्यास गरि प्रयोगमा ल्याएका हुन् ।

राजापुरका अधिकांश परम्परागत रुपमा आफंै र कामदार लगाएर झार उखेल्ने कार्य गर्ने गरेका किसानहरु धान गोड्ने मेसिन आएपछि यसतर्फ आकर्षित हँुदै यसको प्रयोग गर्न थालेका हुन् । इन्जिन जडित र हातले चलाउन  सक्ने मेसिनको प्रयोगात्मक प्रर्दशनी हेरेपछि राजापुर, ७ का मंगल चौधरीले छिटो छरितो सरल तरिकाले मेसिनले  झार गोडमेल गर्न सकिने प्रतिक्रिया दिए ।

मेसिनको प्रयोग महिला पुरुष दुवैले सहज गर्न सकिने भएकाले पनि किसानको रोजाइमा पर्न थालेको सिसा परियोजनाका कृषि प्रावधिक हरि आचार्यले बताए । कृषि प्राविधिक आचार्यका अनुसार धान रोप्ने मेसिनले रोपेको १५ देखि २५ दिन सम्मका धानलाई गोड्न सहज हुनेछ । लाइनमा रोपेको धानमा पनि गोड्ने मेसिन प्रयोग गर्न सकिने उनको सुझाव छ । मेसिनले गोडेको धानको उत्पादन उखेलेर र काटेको भन्दा राम्रो हुने कृषि प्राविधिक आचार्यले बताए ।

राजापुरमा यसै वर्ष भित्रिएको उक्त मेसिन सुपर जोनले अनुदान स्वरुप किसानलाई प्रदान गरेको राजापुर ४ शान्तिपुरका नारायण पराजुलिले जानकारी दिए । मेसिनको प्रर्दशनी हेर्न र प्रयोगात्मक गर्न राजापुर नगरपालीकाका वडा नम्बर ३, ४, ५ र ७ का धान खेती गर्ने ६५ बढि किसानहरु खेतमा पुगेका थिए । मेसिनको प्रयोग बढ्न थालेपछि खेतमा काम गर्ने कामदार अभाव कम  हुने किसानहरुले विश्वास लिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २९ गते बुधबार