कोहलपुर बस दुर्घटना



कोहलपुर ।

बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिदाँ यात्रुबहाक बस दुर्घटना भएको छ । नेपालगञ्ज कोहलपुर रुटमा चल्ने भे १ ख २१२९ नम्बरको बसलाई लु १ ख ६०२२ नम्बरको ट्रकले ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो । कोहलपुर बसपार्क नजिकै रोकिराखेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिदा बस सडकभन्दा दश मिटर तल पुगेको थियो । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार बस सवार १७ जना यात्रु मध्ये ८ जना सामान्य घाइते भएका छन् ।

दुर्घटना भएको बस ।

दुर्घटना भएको बस ।

ट्राफिकका अनुसार नौं महिने बच्चाको हातमा चोट लागेकाले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ भने अन्य घर गइसकेका छन् । दुर्घटनामा राम हरी पाण्डे, रेशम बस्नेत, अशोक थारु, कैली थारु, शान्ता सुवेदी, दुर्गा विक, बसन्ती बस्नेत, धनमाया बुढा लगायतका यात्रुहरु सामान्य घाइते भएका थिए । ट्रक र बस चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २३ गते बिहीबार